काभ्रेमा कोरोना संक्रमण तिब्र, आज थपिए ९७ संक्रमित, २ जनाको मृत्यु

सबै भन्दा धेरे बनेपा र पनौतीमा
नौलो समाचार संवाददाता
२०७८ बैशाख १८, शनिबार मा प्रकाशित १४८४ पटक पढिएको
काभ्रेमा कोरोना संक्रमण तिब्र, आज थपिए ९७ संक्रमित, २ जनाको मृत्यु

बैशाख १८, काभ्रे । कोरोना संक्रमण तिब्र रुपमा फैलिरहेको काभ्रेमा आज (शनिबार) थप ९७ जना नयाँ संक्रमित थपिएका छन्। कोरोना संक्रमण हुनेमा सबै भन्दा धेरै बनेपा र पनौती नगरपालिकाका रहेका छन्। आज थपिएका ९७ जना मध्ये बनेपाका ३० जना र पनौती नगरपालिकामा पनि २७ जना रहेका छन्।

यसैगरी धुलिखेलमा पनि संक्रमण दर उच्च रहेको छ जहाँ आज १९ जना नयाँ संक्रमित थपिएका छन्।

यस्तै आज पाँचखालमा नगरपालिकामा ८ जना, नमोबुद्ध नगरपालिकामा ६, मण्डनदेउपुर नगरपालिकामा १, भुम्लु गाउँपालिकामा १, बेथानचोक गाउँपालिकामा १, चौरिदेउरालीमा १, महाभारतमा १, तेमालमा १, रोशीमा १ जना गरी जम्मा ९७ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार योसँगै काभ्रेमा आज सक्रिय कोरोना संक्रमितको संख्या ४०७ पुगेको छ। जसमा १८८ जना महिला र २१९ जना पुरुष रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या ३८ सय ३२ पुगेको कार्यालयको जनाएको छ।

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

यस्तै आज कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ। चौरिदेउराली गाउँपालिकाका ७० वर्षीय पुरुष हुन् भने सिन्धुपाल्चोक चौताराका ३७ वर्षीय पुरुष रहेका छन् । उनीहरु दुबैको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

यस्तै आज संक्रमण मुक्त भइ एक जान डिस्चार्ज भएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस