आज ९ हजार ७० जनालाइ संक्रमण पुष्टि, २ हजार ७०७ जना डिस्चार्ज

५४ जना संक्रमितको मृत्यु
नौलो समाचार संवाददाता
२०७८ बैशाख २३, बिहिबार मा प्रकाशित ४७३ पटक पढिएको
आज ९ हजार ७० जनालाइ संक्रमण पुष्टि, २ हजार ७०७ जना डिस्चार्ज

बैशाख २३, काठमाडौँ। पछिल्लो २४ घण्टामा ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ५२९ पुगेको छ।

गत २४ घण्टामा मात्र ९ हजार ७० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।

२० हजार ३ सय ६७ जनाको पिसिआर र ७७५ जनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा नौ हजार ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये हाल ७२ हजार ५६१ जना सक्रिय संक्रमित छन्। हाल ३१४ जना संक्रमित क्वारेन्टा्रइनमा छन्। गत २४ घण्टामा २ हजार ७०७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस