बैशाख २५, काभ्रे। काभ्रे जिल्लाको चौंरीदेउराली गाउँपालिकालेले पनि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ । गाउँपालिकामा कोभिड–१९ संक्रमित बढ्न थालेपछि निषेधाज्ञा जारी गरेको गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)ले एक सूचना जारी गर्दै जानकारी दिएका छन् ।
आज (शनिबार) बसेको कार्यपालिका, सुरक्षा निकाय र विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन समितिको संयुक्त बैठकले विश्वव्यापी रुपमा फैलिएको दोस्रो लहरको कोभिड–१९ को कारण यस गाउँपालिका क्षेत्रभित्रका सवै वडाहरुमा पनि कोरोना संक्रमितहरु भेटिएकोले सोबाट उत्पन्न उच्च जोखिम र विषम परिस्थितिलाई मध्य नजर गरि कोभिड संक्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले निषेधाज्ञा जारी गरेको अध्यक्ष गौतमद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ ।
सूचनाको वर्खिलाप गएको पाइएमा नियमानुसार कडा कार्वाही गरिने गाउँपालिकाले जनाएको छ ।
निषेधाज्ञा अवधिमा के गर्न मिल्छ के मिल्दैन ?
१) यस गाउँपालिका भित्र रहेका औषधि र भेटेरनरी बाहेक सबै खाले पसल र होटलहरु बन्द गरी बजार पूर्ण रुपमा बन्द गर्ने ।
२) खाद्यान्न पसलको हकमा प्रत्येक दिन दिउसो ४ बजेदेखि साँझ ६ बजेसम्म सामाजिक दुरी कायम गरी, सुरक्षा मापदण्ड अपनाई सेवा प्रवाह गर्ने ।
३) जमघट हुने खालका सामाजिक कार्यहरू जस्तै विवाह, व्रतबन्ध, भोजभतेर, पार्टीका भेला, सामुहिक खेल लगाएतका सबै कार्य बन्द गर्ने ।
४) काठमाडौ लगाएत बाहिरबाट आउने सबैले अनिवार्य रुपमा होम आइसोलेसनमा बस्ने ।
५) स्वास्थ्य सेवा, सुरक्षा निकाय र सरकारी सवारी साधन र खान्न ढुवानी बाहेकका अन्य सवारी साधानलाई संचालनमा पूर्णरुपमा रोक लगाइएको छ ।
चौंरीदेउराली गाउँपालिकाद्वारा जारी सूचना
प्रतिक्रिया दिनुहोस