बैशाख २५, काठमाडौं। देशभर एकैदिन ३ हजार बढी कोरोना कोरोना संक्रमित निको भएका छन्। गत २४ घण्टामा मात्र मात्र ३ हजार ३ सय ७० जना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा निको हुने संक्रमितको संख्या २ लाख ९८ हजार ७ सय ६५ पुगेको छ। यो दर कुल संक्रमितको ७७ दशमलव ४२ प्रतिशत हो। यसअघि शुक्रबार २ हजार ९ सय ५ जना संक्रमित निको भएका थिए।
हालसम्म कोरोना निको हुनेमा काठमाडौंमा माज्ञ १ लाख १४ हजार ५ सय ८० जना छन्। ललितपुरमा १७ हजार ६ सय १३ र भक्तपुरमा ९ हजार ९ सय १४ जना निको भएको मन्त्रालयले जनाएको छ।
५३ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या ३ हजार ६३२ पुगेको छ।
थप ८ हजार ४१८ जनामा संक्रमण
पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ४१८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। गत २४ घण्टामा पिसिआर र एन्टिजेनसहित ८ हजार ४१८ जना संक्रमित पुष्टि भएका हुन्।
१७ हजार ३१५ जनाको पिसिआर परीक्षणमा ८ हजार २८७ जनामा पोजिटिभ र ९८९ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा १३१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कुल संक्रमितमध्ये हाल ८३ हजार ४९३ जना सक्रिय संक्रमित छन्।
प्रतिक्रिया दिनुहोस