जेठ ११, काभ्रे। पनौती नगरपालिकाले कोरोना संक्रमितका लागि वितरण गरेको स्वास्थ्य तथा औषधीय सामग्रीको प्याकेजमा समावेस गरिएको स्यानीटाईजर गुणस्तरहिन पाइएको छ। जनस्तरबाट आवाज उठेपछि आज (मंगलबार) नगरपालिकाले एक स्पष्टीकरण जारी गर्दै सर्वसाधारणलाई वितरण गरिएका ती स्यानीटाईजर प्रयोग नगर्न अनुरोध गरेको छ।
नगरपालिकाले कोरोना संक्रमितका लागि वितरण गरेको स्वास्थ्य तथा औषधीय सामग्रीको प्याकेजमा पाथिभरा मेडिकल एण्ड सप्लायर्स काठमाडौँले उत्पादन गरेको स्यानिटाजर समावेस गरी बितरण गरेको थियो।
आफ्ना नागरिकलाई असल नियतले वितरण गरिएको स्वास्थ्य किटमा उक्त गुणस्तरहिन स्यानीटाईजर पनि समावेस हुनुले नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको पनौती नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्वारा हस्ताक्षरित स्पष्टीकरण बिज्ञप्तिमा जनाईएको छ।
बिज्ञप्तिमा उक्त कम्पनीको स्यानिटाजर तत्काल प्रयोग बन्द गरी र सुरक्षित ठाउँमा बिसर्जन गर्न नगरबासीलाई अनुरोध गरिएको छ।
आधिकारिकता प्राप्त गरेको उक्त कम्पनीबाट १ सय एमएलको स्यानीटाईजर प्रति बोतल १ सय रूपैयाँका दरले ५ सय बोतल खरिद गरेको जनाउदै नगरपालिकाले उक्त खरिद प्रक्रियामा कुनै आर्थिक चलखेल नभएको बताएको छ।
पनौती नगरपालिकाले जारी गरेको स्पष्टीकरण:-
प्रतिक्रिया दिनुहोस