पाँचखाल नगरपालिकामा जारी ‘शिल’ जेठ मसान्तसम्म थपियो

नौलो समाचार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार मा प्रकाशित ९५४ पटक पढिएको
पाँचखाल नगरपालिकामा जारी ‘शिल’ जेठ मसान्तसम्म थपियो

जेठ २१, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिकामा थप सात दिन शिल लम्ब्याईएको छ। नगरपालिकाद्वारा जारी विज्ञप्तीमा जेठ २२ शनिबार दिनको २ बजेदेखि लागू हुने शिल २९ गते दिउसो २ बजेसम्म जारी रहने छ।

पाँचखाल नगरपालिका कोभिड-१९ निर्देशक समितिको जेठ २१ गते बसेको बैठकले थप सात दिन नगरपालिका सिल गर्ने निर्णय गरेको नगरपालिकाले विज्ञप्तीमा जनाएको छ ।

कोभिड–१९ को संक्रमणको दोस्रो लहर नगरपालिका भित्र पनि गीब्र रुपमा समुदाय स्तरमा नै फैलिएको, संक्रमितको संख्या दिनादुदिन बढिरहेकाले संक्रमणलाई रोकथाम तथा न्यूनीकरण गर्नका लागि यस्तो निर्णय गरिएको नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो।

उक्त अवधिभर एक वडा बाट अर्को वडामा समेत जान नपाउने निर्णय भएको छ। दुधजन्य, तरकारी तथा खेतवारीमा काम गर्ने कृषकहरुलाई सुरक्षा मापदण्डमा रहेर गर्ने, दुध विहान ६ बजेदेखि ७ बजे सम्ममा संकलन तथा विक्रि वितरण भइसक्नुपर्ने उल्लेख छ।

नगरपालिकाले खाना, खाजा, मदीराजन्य पसलहरु खोल्न नपाउने, होटल खेलेर तास खेल्ने खेलाउने गरेमा ५० हजारसम्म जरिवाना गर्ने समेत निर्णय भएको छ।

त्यस्तै नगरपालिकाले स्वास्थ्य संस्था बाहेक नगरपालिकाको कार्यालय, वडा कार्यालय, व्यापार व्यवसाय थप सात दिन बन्द हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले जानकारी दिनुभयो।

नगरपालिकाले जारी गरेको विज्ञप्ती 

प्रतिक्रिया दिनुहोस