अक्सिजन प्लान्टको निर्माणको लागि चौंरीदेउरालीका जनप्रतिनिधिले गरे १ महिनाको सेवा सुविधा सहयोग

नौलो समाचार संवाददाता
२०७८ अषाढ ८, मंगलबार मा प्रकाशित ८७७ पटक पढिएको
अक्सिजन प्लान्टको निर्माणको लागि चौंरीदेउरालीका जनप्रतिनिधिले गरे १ महिनाको सेवा सुविधा सहयोग

असार ८, काभ्रे। काभ्रेको चौंरीदेउराली गाउँपालिकाका जनप्रनिधिहरुले १ महिनाको सेवासुविधा बापतको रकम अक्सिजन प्लान्ट निर्माणको लागि सहयोग गरेका छन्। जनस्तरबाट आफ्नै अक्स्जिन प्लान्ट निर्माण गर्न लागेको गाउँपालिकाको योजनालाई सफल बनाउन जनप्रतिनिधिहरुले यसरी सहयोग गरेका हुन्।

अध्यक्ष दिनानाथ गौतमका अनुसार गाउँपालिकाको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गरेको थियो। जनप्रनिधिहरुबाट ५ लाख ९३ हजार रुपैयाँ जम्मा भएको अध्यक्ष गौतमले जानकारी दिनुभयो।

गत बर्ष पनि सबै जनप्रतिनिधिहरुले सोही बराबरको रकम कोरोना कोषमा जम्मा गरेका थिए।

यसैगरी बैठकले गाउँपालिकामा रहेका शिक्षक कर्मचारीहरुलाई समेत सहयोगको लागि आव्हान गरेको छ। ‘गाउँपालिका भित्रका सबै शिक्षक र कर्मचारिहरुसँग पनि न्युनतम ५ दिनको रकम सहयोगको लागि अनुरोध गर्ने निर्णय गरेको छ।’ अध्यक्ष गौतमले भन्नुभयो।
गत बर्ष पनि शिक्षक कर्मचारीहरुले ३ दिन र ५ दिन बराबरको तलब रकम कोरोना कोषमा जम्मा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस