काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै खुकुलो बनाउने तयारी

नौलो समाचार संवाददाता
२०७८ अषाढ २०, आईतबार मा प्रकाशित ४६१ पटक पढिएको
काठमाडौं उपत्यकामा निषेधाज्ञा अझै खुकुलो बनाउने तयारी

असार २०, काठमाडौं। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका बारे छलफल गर्नका लागि आज (आइतबार)प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज मध्यराति सकिँदैछ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञाको अवधि सकिँनै लाग्दा आज बैठक बस्न लागेको हो ।

आज बस्ने बैठकले यसअघि प्रतिबन्धित क्षेत्रलाई थप खुकुलो बनाउनेबारे छलफल हुने काठमाडौंका सीडीओ कालीप्रसाद पराजुलीले बताउनुभयो ।

पछिल्लो पटक सार्वजनिक यातायातमा जोर विजोर प्रणाली अपनाएर २५ सिटभन्दा बढी सिट भएको सार्वजनिक यातायात सञ्चालन गरिएको थियो ।

त्यसैगरी सबैखाले पसलहरु पनि दिनभर खोल्न दिइएको छ । थप क्षेत्रलाई पनि खुकुलो बनाउने बारे स्वास्थ्य मन्त्रालयसँग राय मागेर निर्णय हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस