माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

नौलो समाचार संवाददाता
२०७८ भाद्र ३, बिहिबार मा प्रकाशित ६३७ पटक पढिएको
माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु

भदौ ३, काठमाडौं। राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ।

६ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको छ । यसअघि पाँचवटा युनिटबाट उत्पादन थालिएको थियो।

स्वदेशी लगानीमा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा ७६/७६ मेगावाटका छ वटा युनिट जडान गरिएको छ ।

उत्पादित बिजुलीलाई राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण गर्न रामेछापको फुलासीमा २२० र १३२ केभीको सब–स्टेशनमा जोडिएको छ । त्यहाँबाट ढल्केबर र लामोसाँघु हुँदै राष्ट्रिय प्रसारण लाइनमार्फत वितरण भइरहेको छ ।

देशमा सञ्चालित जलविद्युत् आयोजनामध्ये माथिल्लो तामाकोशी सबैभन्दा ठूलो आयोजना हो ।

प्रतिक्रिया दिनुहोस