काठमाडौंमा स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने

नौलो समाचार संवाददाता
२०७८ भाद्र १६, बुधबार मा प्रकाशित ८८१ पटक पढिएको
काठमाडौंमा स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी विद्यालय खोल्न पाउने

भदौ १६, काठमाडौँ। काठमाडौंँमा स्थानीय तहले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)सँग विद्यालय खोल्न पाउने भएका छन् । जिल्ला प्रशान कार्यालयले विहीबारदेखि स्मार्ट लकडाउनको मापदण्ड पालना गरी विद्यालय खोल्न स्थानीय तहले डीसीएमसीसँग समन्वय गर्न सक्ने निर्णय गरेको हो।

प्रशासनले निषेधाज्ञा सम्बन्धी आज बुधबार आदेश जारी गर्दै भौतिक रुपमा विद्यालय नखोल्ने तर खोल्नै परे स्थानीय तहले डीसीएमसीसँग समन्वय गरी खोल्न सक्ने निर्णय गरेको हो ।

यस्तै स्थानीय ढुवानीको सामानका लागि बिहान ९ देखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि साँझ ७ बजेसम्म गर्न पाइने छ। सार्वजनिक क्षेत्र निर्माणका लागि बेलुका ५ बजेदेखि बिहान ९ बजेसम्म सामग्री ढुवानी गर्न पाइने व्यवस्था गरिएको छ।

यस्तै आदेशमा भिडभाड हुने कार्यक्रम नगर्न, चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पालना गर्न उल्लेख गरिएको छ। यस्तै कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिंगमा परेकाहरुको निःशुल्क एन्टिजेन र पीसीआर परीक्षणको व्यवस्था मिलाउन स्थानीय तहलाई भनिकएको छ।

प्रतिक्रिया दिनुहोस