काभ्रे आएर प्रचण्डले भने, ‘केपीजस्तो बुद्धि नभएको नेता अर्को देखिन’

एक हप्ता भित्र बागमती प्रदेश र प्रदेश १ को सरकार परिवर्तन हुन्छ
नौलो समाचार संवाददाता
२०७८ आश्विन ७, बिहिबार मा प्रकाशित ६९३ पटक पढिएको
काभ्रे आएर प्रचण्डले भने, ‘केपीजस्तो बुद्धि नभएको नेता अर्को देखिन’

असोज ७, काभ्रे। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीजति बुद्धि नभएको नेता कोही नभएको बताउनुभएको छ। काभ्रेको पाँचखालमा योङ्ग कम्युनिस्ट लिग नेपाल पाँचखाल नगरको सम्मेलन बोल्दै केन्द्रका अध्यक्ष प्रचण्डले केपी हरुवा र भगौडा भएको बताउनुभयो।

कार्यक्रममा प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रोश पोख्दै  ‘मैले केपीजस्तो बुद्धि नभएको नेता अर्को देखेको छैन। दुई पार्टी एक भएपछि उनलाई नेपालको महान् नेता बन्ने अवसर थियो,’ प्रचण्डले भने,‘तर गिदीमा गोबर भरिएपछि के गर्ने!’ । ‘केपी हरुवा हुन्, भगौडा पनि भन्न सकिन्छ, ओली कम्युनिस्ट आन्दोलन छाडेर भागेका हुन् । उनले विदेशीसङ्ग मिलेर कम्युनिस्ट पार्टी विघटन गर्न खोजेू प्रचण्डको भनाई थियो।

प्रचण्डले सबै माओवादी लगायतका घटकसङ्ग सहकार्य गरी एउटै कम्युनिस्ट केन्द्र बनाउनेगरी छलफल भैरहेको बताउनुभएको छ।क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई लगायतसङ्ग छलफल भैरहेको र अब चाडै एउटै कम्युनिस्ट केन्द्र बनाउने बताउनुभएको हो।

सोहि कार्यक्रममा प्रचण्डले एक हप्ता भित्र बागमती प्रदेश र प्रदेश १ को सरकार परिवर्तन हुने बताउनुभएको छ। गठबन्धनका बिच एक हप्ता भित्र सरकार परिवर्तन गर्ने सहमति भएको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस