काँग्रेस काभ्रेको पालिका अधिवेशन ९ गते नै हुने, सभापति मधु आचार्यले फैलाए स्थगितको हल्ला

नौलो समाचार संवाददाता
२०७८ आश्विन ८, शुक्रबार मा प्रकाशित १०७० पटक पढिएको
काँग्रेस काभ्रेको पालिका अधिवेशन ९ गते नै हुने, सभापति मधु आचार्यले फैलाए स्थगितको हल्ला

असोज ८, काभ्रे। काभ्रेमा पालिका अधिवेसन भोलि ९ गते नै हुने जिल्ला निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले स्पष्ट पार्नुभएको छ। अधिकृत लामिछानेले आफु सम्पर्कबिहीन भएको र निर्वाचन स्थगित भएको भन्ने कुरामा कुनै आधार र सत्यता नभएको बताउनुभएको छ। सामाजिक संजालमा निर्वाचन स्थगित भएको कुरा अफवाह मात्र भएको अधिकृत लामिछानेले स्पष्ट पार्नुभएको छ।

नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले पालिका अधिवेशन स्थगित भएको सूचना जारी गरी अफवाह फैलाएपछी  जिल्लाभर तरङ्ग उत्पन्न भएको छ। सभापति आचार्यले आज बेलुकीदेखि निर्वाचन अधिकृत फोन स्विच अफ गरी बेपत्ता भएको र भोलि ९ गते हुने पालिका अधिवेशन स्थगित गएको आफ्नो फेसबुकबाट स्टाटस लेख्नुभएको थियो।

त्यस लगत्तै काँग्रेस काभ्रेका सभापति मधु आचार्यले अफवाह फैलाएको भन्दै काँग्रेस  जिल्ला सचिव दिनेश लामाले कडा प्रतिक्रिया दिदै लामाले हारको मानसिकता बोकेकाहरुले यस्तो हल्ला फैलाएको लेख्नुभएको थियो। ‘आफूहरु हार्ने भएपछि यस्तो कुरा गरेका हुन् । निर्वाचन अधिकृतले आफ्नो काम गरिरहेका छन् ।’ लामाले भने, ‘सबैको सम्पर्कमा निर्वाचन अधिकृत हुन्छ र ? उहाँ तयारीमा हुनुहुन्छ । भोलि नै हुन्छ अधिवेशन ।’

काँग्रेस काभ्रेका सभापति मधु आचार्यले निर्वाचन स्थगितको अफवाह फैलाए संगै निवर्तमान जिल्ला सभापति तथा केन्द्रीय सदस्य शिब प्रसाद हुमागाईं पक्षिय तथा अन्य उम्मेदवार तथा कार्यकर्ताहरु आक्रोशित बनेका छन्। आचार्य पक्षले वडा अधिवेशनबाटै पकड गुमाएको र पालिकामा अधिवेशनमा नराम्रो हार बेहोर्ने डरले निर्वाचन स्थगितको झुटो प्रचार गरेको बताएका छन्। सामाजिक संजालमा भोलि ९ गते नै निर्वाचन हुने र मधु पक्षको मन गणन्ते प्रचारबाट सचेत रहन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस